काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न दुवै पक्षसँग संवाद गर्ने भएका छन् । आज बिहान बालुवाटारस्थित निवासमा कोइरालाले आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, कानुन व्यवसायीलगायतसँग छलफल गरे ।
डा. शेखरसहित उपसभापति धनराज गुरुङ र नेता डा. मिनेन्द्र रिजाललाई सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग वार्ताका लागि जिम्मा दिइएको छ ।
हिजो भृकुटीमण्डपको उद्घाटन सत्रमा पुगेका नेताहरू पनि शेखरलाई भेट्न पुगेका थिए । उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सुनिल शर्मा, चतुरबहादुर चन्दलगायतका नेता बालुवाटार पुगेका थिए ।
महाधिवेशनको बन्दसत्र सुरू भइसकेको छ । शेखरले भने, ‘सबैसँग अन्तिमसम्म प्रयास गर्छु ।’
सभापति र महामन्त्रीहरूले पनि पार्टी फुट्न नदिने बताएको सन्दर्भमा ठोस निकास निकाल्न नेताहरूको आग्रह छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार













प्रतिक्रिया