काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ सर्वसम्मत रूपमा पारित गरेको छ ।
अधिवक्ता तथा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको उक्त कार्यविधि बन्दसत्रमा छलफलपछि अनुमोदन गरिएको हो । कार्यविधिमा विशेष महाधिवेशनका क्रममा गरिने छलफल र गरिने निर्णयका विषयहरू समेटिएको बताइए पनि त्यसको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।
सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्यामकुमार खड्काको अध्यक्षतामा बन्दसत्र सञ्चालन भइरहेको छ । यद्यपि बन्दसत्र तथा समग्र विशेष महाधिवेशनलाई पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बहिष्कार गरेको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया