काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको शवयात्रा अहिले दार्जिलिङमा जारी छ । शहरभरि विभिन्न स्थानमा भइरहेको शवयात्रामा उनका प्रशंसकहरूले ठूलो संख्यामा सहभागिता जनाइरहेका छन्।
शव राखिएको गाडीमा प्रशंसकहरूले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन अर्पण गरिरहेका छन्। जीटीए सरकारको पहलमा तामाङको शव आज बिहानै नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङ ल्याइएको थियो।
शवयात्रापछि स्थानीय चौरस्तामा अन्तिम श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ। उनका नजिकका साथी तथा कलाकार राजेश घतानीका अनुसार, आजै त्यहीँ तामाङको अन्त्येष्टि हुने योजना रहेको छ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया