काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनको कार्यविधि एकलौटी रूपमा पारित गरेको प्रति आपत्ति व्यक्त गरेका छन्। उनले संस्थापन पक्षको बहिष्कारको बीच पारित भएको उक्त कार्यविधि विधानविपरीत भएको भन्दै अब पार्टी एकता जोगाउने जिम्मा असन्तुष्ट पक्षकै हातमा रहेको बताए।

प्रवक्ता महतले गगन–विश्वप्रकाश समूहको पछिल्लो कदम पार्टीको विधान र प्रक्रिया विपरीत भएको टिप्पणी गर्दै कार्यविधि र प्रक्रियामा विधिसंगत कुनै आधार नरहेको औंल्याए। उनले संस्थापन पक्षसँग भइरहेको अनौपचारिक वार्ता बेवास्ता गर्दै अर्को पक्षले एकलौटी निर्णय गरेको आरोप समेत लगाए।

advertisement

महतले भने, ‘हामी अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो। पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने निर्णय अब उहाँहरूकै हातमा छ।’

उनले विशेष महाधिवेशनको नाममा भएका निर्णयहरूलाई संस्थापन पक्षले सहजै स्वीकार नगर्ने संकेत गर्दै, अन्य पक्षको निर्णय हेरेर आफूहरू पनि उक्त निर्णयको आधारमा अगाडि बढ्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com