काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर नेतालाई एकतामा बोलाउन सभापति शेरबहादुर देउवाले निर्णय गरेका छन्।
कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखकलगायतका नेतासँगको बैठकपछि सोमबार एकतामा बोलाउने निर्णय भएको हो।
एकतामा बोलाउनका लागि खड्का र लेखकलाई खटाइएको छ। केहीले महामन्त्रीद्वयलाई कारबाहीका लागि प्रस्ताव गरेका थिए। तर, देउवाले उक्त कदम झनै अवस्था बिग्रने कारण बन्ने भएकाले एकतामा बोलाउन निर्देशन दिए।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार













प्रतिक्रिया