काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिँदै, विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि पारित भइसकेको र आज पनि बन्द सत्र चल्ने भएकाले उनीहरू उपस्थित नहुने बताएका छन्।

शिवाकोटीका अनुसार, “विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्तावमाथि छलफल हुनेछ, त्यसैले हामी केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं।”

advertisement

सभापति शेरबहादुर देउवाको निवासमा हिजो कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूबीच छलफल भएपछि आजका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। संस्थापन पक्षका नेताहरूका अनुसार, बैठकको उद्देश्य केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्नु र समसामयिक तथा पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्नु हो।

सभापति देउवापक्ष विशेष महाधिवेशनमा सहभागी छैनन्। तर, नेतृत्व चयनको अवस्थामा पार्टी विभाजन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै, पार्टी एकजुट राख्न उनीहरूले विशेष महाधिवेशन पक्षधरसँग छलफल अघि बढाएका छन्। विशेष महाधिवेशन पक्षधरले पनि छलफलका लागि चार जना नेतालाई जिम्मेवारी दिएका छन्।

कार्यवाहक सभापति खड्काको निवासमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच छलफल हुने तयारी भइरहेको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com