एजेन्सी । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ ।

इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्किन आग्रह गरेको छ ।

advertisement

एडभाइजरीमा अमेरिकी नागरिकहरूलाई सम्पर्कका वैकल्पिक उपायहरू खोज्न सुझाव दिइएको छ । साथै, यदि सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छाड्ने विकल्पबारे पनि विचार गर्न भनिएको छ ।

इरानमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको एडभाइजरीमा भनिएको छ, ‘यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थान खोज्नुहोस् । खाना, पानी, औषधि र अन्य आवश्यक सामग्रीको भण्डारण गरेर राख्नुहोस् । प्रदर्शनहरूबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सचेत रहनुहोस् ।’

इरानमा अमेरिकाको कुनै कूटनीतिक उपस्थिति छैन । अमेरिकाका लागि स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निभाउँदै आएको छ । यहाँ अमेरिकी विदेश मन्त्रालयले यूएस भर्चुअल एम्बेसी इरानमार्फत जानकारी उपलब्ध गराउँदै आएको छ ।

इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छ । यसबीचमा इरान सरकारको समर्थनमा पनि र्‍यालीहरू निकालिएको ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com