काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार तोलामा पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया