काठमाडौं । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि आज त्रिपक्षीय बैठक बस्ने तयारी पूरा भएको छ। विहानदेखि तीनै पक्षका नेताहरू संवादमा जुटेका थिए भने बैठक दिउँसो बस्ने गरी टुंगो लागेको हो।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राख्न चाहँदा, अर्को पक्ष त्यसलाई स्वीकार्न तयार छैन। सहमति खोज्ने प्रयासको भागस्वरूप भएको त्रिपक्षीय वार्तामा विशेष महाधिवेशन पक्षधर नेताहरूले एजेण्डा प्रस्तुत गरेका छन्।

advertisement

वार्तामा सहभागी विशेष महाधिवेशन पक्षका एक नेताले भने, ‘विशेष महाधिवेशन आह्वान गर्नुपरेको कारण हामीले राख्यौं, र उहाँहरूले सुने। दिउँसो २ः३० बजे बैठक फेरि बस्ने निर्णय भएको छ।’

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल बैठकमा उपस्थित छन्।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com