काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुलाई २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
सोसल ट्रुथमा पोस्ट लेख्दै ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग गरिने व्यापारमा २५ प्रतिशत शुल्क तिर्नुपर्ने निर्णय अन्तिम भएको उल्लेख गरेका छन् ।
ट्रम्पले भनेका छन्- ‘तुरुन्तै लागू हुने गरी, इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गरिने कुनै पनि व्यापारमा २५% को शुल्क तिर्नेछ । यो आदेश अन्तिम र निर्णायक छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया