काठमाडौं । जेनजी फ्रन्टका दुई सदस्य आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनालले आसन्न निर्वाचन लड्ने तयारी गरेका हुन्।

यतिष ओझा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। त्यस्तै, मनिष खनाल नवलपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिने तयारीमा रहेका छन्।

advertisement

यद्यपि झापा–५ बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेमा ओझाले झापाकै अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने विकल्पसमेत तयार राखेको बुझिएको छ।

जेनजी फ्रन्ट केवल पार्टीगत राजनीतिका लागि मात्र गठन गरिएको मोर्चा नभएको बताइएको छ। फ्रन्टभित्र सडकबाट खबरदारी गर्ने समूहसँगै संसदीय राजनीतिमा सक्रिय सहभागिता जनाउन चाहने सदस्यहरू पनि रहेका छन्।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com