काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्रको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

advertisement

रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद् विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकको जिकिर छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com