काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजनतर्फ उन्मुख कुनै पनि अभियानमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँगको छोटो कुराकानीमा कांग्रेसलाई टुक्र्याउने पक्षमा आफू नरहेको बताएका हुन्।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आजको केन्द्रीय समिति बैठक बहिष्कार गरेको अवस्थामा पनि भण्डारी भने बैठकमा उपस्थित भएका छन्। उल्लेखनीय छ, उनी आइतबार सम्पन्न विशेष महाधिवेशनको उद्घाटन समारोहमा समेत सहभागी भई सम्बोधन गरेका थिए।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया