काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ८ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपाामा आयोजना हुने जनाइएको छ।
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको तयारी अघि बढेपछि संस्थापन पक्षले मंगलबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो। तर विशेष महाधिवेशन पक्षसँग संवाद अघि बढेपछि उक्त बैठकको समय परिवर्तन गर्दै दिउँसो १ बजेका लागि सारिएको थियो।
लाजिम्पाटस्थित एक घरमा विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीचको छलफल लम्बिँदा दिउँसो १ बजे पनि बैठक बस्न सकेन। पछि बेलुकी अबेर केही समय मात्र बैठक बसेर त्यसलाई बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो।
विशेष महाधिवेशन पक्षले भने बैठकमा सहभागी नहुने स्पष्ट गरिसकेको छ। मंगलबार छोटो समय बसेको बैठकबाट ठोस निर्णय नभए पनि नियमित महाधिवेशनमार्फत नै नेतृत्व चयन गर्दै अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया