काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
थापाले भने, ‘हामीमाथि कारबाही गरिएको सुन्नुभएको छ। तर यो पार्टी कसैको निजी कम्पनी होइन। म ९ कक्षामा पढ्दादेखि नै कांग्रेसमा छु। २०४६ को जनआन्दोलनमा सहभागी भइँको छु र २०६२/०६३ को आन्दोलनको नेतृत्वसमेत गरेको छु। कसैले हटायौँ भन्नाले पार्टी छोड्ने ठाउँ होइन।’
उनी भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने जानकारी पनि दिएका छन्।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया