काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले तीन जना नेतामाथि कारबाहीको जानकारी सहितको पत्र निर्वाचन आयोगमा पेश गरेको छ।
बुधबार अपराह्न देउवा पक्षका नेताहरू आयोग पुगेर पत्र दर्ता गराएका थिए। आयोगका स्रोतका अनुसार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाही गरिएको विवरण दर्ता भइसकेको छ।
यसअघि आजै बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले ती तीन नेतामाथि पाँच वर्षसम्मको कारबाही घोषणा गरेको थियो।
कारबाहीमा परेका नेताहरूले प्रतिक्रिया दिंदै भनेका छन् कि बहुमत प्रतिनिधि विशेष महाधिवेशन पक्षधर तिनीहरूको पक्षमा रहेको हुँदा यो कारबाहीको औचित्य छैन।
अर्कोतर्फ, विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारीमा छन्।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया