काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजनले कांग्रेसलाई ठूलो क्षति पुगेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले पार्टीलाई एकताबद्ध राख्न आफूले गरेको अथक प्रयास सफल हुन नसकेको जनाएका छन्। उनले कांग्रेस हाल विभाजित अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गर्दै अन्ततः एक दिन पार्टी पुनः एक हुने विश्वाससमेत व्यक्त गरेका छन्।

‘अत्यन्त दुःखद। कांग्रेसलाई ठूलो क्षति। एक दिन मिल्नै पर्छ भन्ने विगतको अनुभव हामीसँग छ। तर, यसपटक अथक प्रयास सफल हुन सकेन,’ भण्डारीले लेखेका छन्।
काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अघि बढाएपछि सभापति शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

advertisement

उक्त निर्णयपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। विशेष महाधिवेशन पक्षधर समूहले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयनको प्रक्रिया अघि बढाइरहेको छ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com