काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ‘डेलिभरी मोडल’का विषयमा छलफल सुरु भएको छ। मेयर शाहले केही दिनमै पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन् भने रास्वपाले उनलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आम नागरिकसम्म पुर्‍याउन सकिने डेलिभरी मोडलबारे उनीहरूबीच छलफल भइरहेको हो। डा. वाग्लेले आर्थिक सुधारका चरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व तथा खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र महानगरको डेलिभरी मोडललगायत विषयमा रास्वपा नेतृत्व र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध संवाद जारी रहेको बताएका छन्।

advertisement

यसैबीच, माघ ५ गते रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका नेताहरू मधेस जाने कार्यक्रम तय भएको छ। जनकपुरमा आयोजना हुने कार्यक्रममा मेयर बालेन शाह पनि सहभागी हुनेछन्, जुन उनको पहिलो राजनीतिक कार्यक्रम हुनेछ।

‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट हुनेछ, र यसको निकास फागुन २१ को निर्वाचनबाट,’ डा. वाग्लेले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com