काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोग जाने भएको छ। बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो।

पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए। उनका अनुसार विशेष महाधिवेशन पक्षले मंगलबार नै पार्टी विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समिति भंग भएको लिखित जानकारी निर्वाचन आयोगमा दर्ता गराइसकेको थियो।

advertisement

यसको भोलिपल्ट देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मा निष्कासनमा परेको विवरण आयोगमा पठाएको थियो। तर विशेष महाधिवेशनसँग सम्बन्धित प्रतिनिधिहरूको हस्ताक्षर र नागरिकतासहितको सनाखत भने यसअघि नै निर्वाचन आयोगमा बुझाइसकिएको थापा पक्षको दाबी छ।

अब विघटित कार्य समिति नभई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई नै आयोगले मान्यता दिनुपर्ने सभापति थापाको दाबी छ। आवश्यक परे २ हजार ४८८ भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सनाखत गराउन समेत निर्वाचन आयोगमा उपस्थित गराउन तयार रहेको थापा पक्षले जनाएको छ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com