काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ ।

कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो ।

advertisement

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन् ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com