काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ र मिराज ढुंगाना नेतृत्वको ३० बढी संयुक्त जेन–जी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ।

बिहीबार दुबै पक्षबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै संयुक्त संघर्षको दिशामा अघि बढ्ने निर्णय गरिएको हो।

advertisement

चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख छ।

यस्तो छ ४ बुँदे सहमति

  • सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने
  • जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने
  • आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने
  • भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com