काठमाडौं । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखि लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । दुर्घटनामा लमही नगरपालिका–५, कोलहीका ३३ वर्षीय विशाल चौधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

advertisement

बसमा सवार राप्ती गाउँपालिका–४ की मीना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com