काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको अभियोगमा संशोधन गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
रिट बुधबार युवराज पौडेल (सफल) ले दर्ता नभएको अवस्थामा पेश गरेका हुन्। सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले अध्ययन गरिरहेको स्रोतले जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते रवि लामिछानेको अभियोजन संशोधन गर्न सम्बन्धित जिल्ला न्यायाधिवक्ता कार्यालयलाई निर्देशन दिएको थियो। सफलले सो निर्णय र यस आधारमा भएको पत्राचारलाई बदर गर्न र मुद्दाको कानुनी प्रक्रियामा अवरोध नपर्न परमादेश मागेका छन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया