काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहले पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्ताका विषय सम्बोधन गर्न नचाहेपछि आफूहरूले विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेको बताए। निर्वाचन आयोगमा भएको छलफलका क्रममा शर्माले शेरबहादुर देउवा समूहले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको दाबी पनि प्रस्तुत गरे।

advertisement

उनले विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी गर्दै भने, कारबाही गर्ने प्रक्रिया कानुनसम्मत छैन। विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै प्रक्रिया अघि बढाएका हुन्। नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन स्वतः खारेज भयो भन्ने तर्क सही हुँदैन।

उपसभापति शर्माले निर्वाचन आयोग आन्दोलन वा धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरे। शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको सन्दर्भप्रति व्यङ्ग्य गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू निर्वाचन आयोग पुगेको थाहा पाएपछि केही कुरा स्पष्ट पार्न हामी पनि आयोग आएका हौँ, शर्माले भने, निर्णय आफ्नो पक्षमा नआए आन्दोलन गर्ने चेतावनी सुनियो। तर निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो संस्थागत निष्ठा कायम राख्छ भन्नेमा हामी विश्वस्त छौँ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com