काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा र गगन थापा समूहबीच निर्वाचन आयोग परिसरमा तनावको अवस्था सिर्जना भएको छ। देउवा समूहले थापा समूहलाई पाँच मिनेटभित्र आयोग परिसरबाट बाहिर निस्कन चेतावनी दिएको छ।
हाल कान्तिपथस्थित निर्वाचन आयोगमा दुई समूहले धर्ना दिइरहेका छन्। थापा समूह आयोग भित्र बसेको छ भने देउवा समूह भवनको बाहिर धर्नामा छ।
बाहिर बसेका देउवा समूहले चेतावनी दिएका छन्, यदि थापा समूह निर्धारित समयभित्र बाहिर निस्केन भने उनीहरू स्वयं आयोग भित्र प्रवेश गर्ने योजना बनाएको बताएका छन्।
दुई समूहको धर्नाले आयोग वरिपरि सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ र यातायातमा ठूलो समस्या सिर्जना भएको छ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया