काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बिहान ८ बजे सानेपामा बैठक बस्ने तय भएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

advertisement

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि बस्न लागेको यो बैठकलाई विशेष अर्थका रूपमा हेरिएको छ। आयोगको आधिकारिकतासम्बन्धी निर्णयलाई देउवा पक्षले अस्वीकार गर्दै आएको छ।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयसहित थापा पक्षले आफूहरू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात पेस गरेको थियो।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात बुझाएको थियो। तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षले गुमाएको छ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com