काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार चयन विषयमा बैठकमा छलफल केन्द्रित रहने बताइएको छ।

advertisement

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेकाले राजनीतिक दलहरू उम्मेदवार चयन प्रक्रियामा सक्रिय बनेका छन्।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com