काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट उम्मेदवार बन्नेहरूलाई टिकट वितरण गरिसकेको बताएका छन्।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुने निर्वाचनका लागि टिकट बाँडिसकिएको जानकारी दिए। ‘मैले त हिजोदेखि नै आफ्नो दलका तर्फबाट टिकट बाँड्न सुरु गरिसकेको छु। हिजो काठमाडौंमै टिकट बाँडेर आएको हुँ,’ प्रचण्डले भने।

advertisement

उनले अन्य राजनीतिक दलहरूले पनि टिकट वितरण प्रक्रिया सुरु गरिसकेकाले निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारे। समानुपातिक सूचीसमेत बुझाइसकिएको र प्रत्यक्षतर्फको मनोनयन मिति पनि आइसकेको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल र जनता सबै चुनावी प्रक्रियामा अघि बढिसकेको बताए।

‘सरकारले आफ्नो काम गरिरहेको छ, राजनीतिक दलहरू पनि तयारीमा जुटिरहेका छन् र जनता पनि चुनावी मानसिकतातिर अगाडि बढिसकेका छन्। त्यसैले चुनाव हुन्छ। चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा नल्याई राम्रो तयारीका साथ अघि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु। चुनाव हुनैपर्छ, यसको अर्को कुनै विकल्प छैन,’ उनले भने।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com