काठमाडौं । नेपाली कांग्रेसका युवा तथा कालिकोट जिल्लाका प्रभावशाली नेता भुपेन्द्रजंग शाहीले पद, हैसियत र व्यक्तिगत सफलताभन्दा पार्टी, जिल्ला र राष्ट्रको हितलाई सर्वोपरि राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै इमानदारी, नैतिकता र आत्मसम्मानमा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याएका छन् ।

advertisement

फेसबुकमा भावुक सन्देश लेख्दै शाहीले व्यक्तिगत हार स्वीकार्य भए पनि पार्टी, कालीकोटका जनता र देशको हार अस्वीकार्य हुने बताएका छन्। शाहीले लेखेका छन्, ‘मेरो भाग्यमा सधैँ हार नै लेखिएको रहेछ भने पनि स्वीकार्य छ, तर मेरो पार्टी, मेरो कालीकोट र मेरो देश कहिल्यै नहारोस्।’

उनले सांसद वा मन्त्री बन्न नपाए पनि आफूलाई कुनै गुनासो नहुने स्पष्ट पार्दै स्वार्थ, लाभ र पदको लोभमा इमानदारीता, नैतिकता र आत्मसम्मान बेचेर राजनीति नगर्ने दृढ संकल्प व्यक्त गरेका छन्। शाही भन्छन् – ‘राजनीति सकिए पनि देशको जिम्मेवार नागरिक भएर बाँच्ने अधिकार र कर्तव्य सधैँ रहनेछ।’

‘राजनीति सकिन सक्छ, तर यो देशको नागरिक भएर बाँच्ने मेरो आत्मसम्मान कहिल्यै सकिँदैन,’ उनले आफ्नो राजनीतिक मूल्य–मान्यतालाई प्रस्ट पारेका छन्।

नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै शाहीको यो धारणा सार्वजनिक भएको हो। उनको अभिव्यक्तिलाई आदर्श राजनीति र निष्ठाको सशक्त सन्देशका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com