काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले सभापति गगनकुमार थापालाई बधाई र शुभकामना दिएकी छन्। गिरिजाप्रसाद कोइरालापुत्री सुजाता योसँगै थापाको कित्तामा उभिएकी हुन्।
थापालाई सम्पूर्ण कांग्रेसीजनले साथ दिने उनले उल्लेख गरेकी छन् ।
फेसबुकमा शनिबार उनले लेखेकी छन्,‘यो देशको उन्नति गर्नुस् । तपाईंलाई सम्पूर्ण जनताले मान्ने छ। तपाईंलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ । हाम्रो तपाईंलाई बधाई छ।’
कांग्रेस पार्टी नफुटेको बताएकी उनले भनेकी छन्,‘नेपाली कांग्रेसलाई राम्ररी हाँकेर बीपीको विचार, गिरिजाबाबुको संगठनलाई नबिर्सेर तपाईं अगाडि बढ्नुस्, नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्।’
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया