काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पुनः झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिमिरेलाई सोही क्षेत्रबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।

घिमिरे २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए। उक्त निर्वाचनपछि उनी प्रतिनिधिसभाको सभामुखमा चयन भएका थिए।

यसैगरी एमालेले झापा क्षेत्र नम्बर १ बाट रामचन्द्र उप्रेती र क्षेत्र नम्बर ४ बाट मनोज ताम्लीलाई उम्मेदवारका रूपमा अघि सारेको छ। झापा क्षेत्र नम्बर ५ मा भने पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं चुनावी मैदानमा उत्रने भएका छन्। झापा क्षेत्र नम्बर ३ को उम्मेदवार चयन गर्ने जिम्मेवारी भने एमालेले अध्यक्ष ओलीलाई नै दिएको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com