काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य आगामी निर्वाचनमा काठमाडौं–२ बाट प्रत्यक्ष उम्मेदवार बन्ने भएका छन्।
यसअघि समानुपातिक सूचीमा रहेका आचार्यले आफ्नो नाम फिर्ता लिएपछि उक्त क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्। काठमाडौं–२ मा अघिल्लो निर्वाचनमा रास्वपाकी सोविता गौतम विजयी भएकी थिइन्।
यसपटक भने सोविता गौतम चितवन–३ बाट उम्मेदवार बन्ने निश्चित भएको छ, जसका कारण काठमाडौं–२ मा आचार्यलाई पार्टीले अघि सार्न लागेको हो।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया