काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा समूह बदरको माग गर्दै सर्वोच्च अदालत पुगेको हो ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया