काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन्। केहीबेरमै राजीनामा बुझाएपछि उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन्।

रास्वपाको उक्त बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने बताइएको छ। उम्मेदवार चयनपछि पार्टी सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम तय भएको छ।

advertisement

बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्, जसका लागि रास्वपाले त्यस क्षेत्रमा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com