काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको उम्मेदवारी विषयमा अन्तिम निर्णय अध्यक्ष केपी शर्मा ओलीले हाललाई स्थगित गरेका छन्।
शनिबार बसेको एमाले सचिवालय बैठकमा काभ्रेपलाञ्चोक–२ बाट गोकुल बास्कोटालाई उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो। तर बैठकले काभ्रे–१ को उम्मेदवार मात्र टुंग्याउने निर्णय गरेको छ।
काभ्रे–१ बाट राष्ट्रिय युवा संघको जिम्मेवारीबाट राजीनामा दिएका अमित लामालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। काभ्रे–२ को उम्मेदवारी भने पछि टुंग्याउने गरी राखिएको छ।
सचिवालय बैठकका एक सदस्यका अनुसार काभ्रे–२ मा गोकुल बास्कोटालाई उम्मेदवार बनाउने प्रस्ताव उठे पनि अध्यक्ष ओलीले उक्त विषय पछि निर्णय गर्ने बताएका थिए।
गोकुल बास्कोटा निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका थिए। यद्यपि प्रदेश कमिटीले अशोक व्यञ्जु, विमला शर्मा चौलागाईं र हरिशरण दाहालको नाम समेत थप सिफारिस गरेको थियो।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया