काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन्। संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जानकारी दिएको छ।

यसअघि नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको पद छाडेका थिए। तीनै जना सदस्य प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्।

advertisement

नारायणकाजी श्रेष्ठले २०७० सालमा मकवानपुर र २०७४ मा गोरखामा निर्वाचन लडेका थिए। २०७६ सालमा उनी राष्ट्रिय सभा सदस्य बनेका थिए र ६५ वर्षे श्रेष्ठको कार्यकाल फागुन २० मा सकिनुपर्ने थियो। प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गर्न एक महिना अगाडि उनी राजीनामा दिएका हुन्।

७७ वर्षीय वामदेव गौतमले पनि प्रतिनिधि सभा सदस्य बन्न राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। गौतम २०४८ र २०५१ मा चुनाव जितेका थिए। २०५३ मा गृहमन्त्री बनेका उनी २०५६ र २०६४ मा पराजित भए। २०७० मा बर्दिया–१ र प्युठान–१ बाट विजयी भएका उनले २०७४ मा बर्दिया–१ बाट हार बेहोरे। त्यसपछि राष्ट्रिय सभामा प्रवेश गरेका गौतमलाई १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गरे। उनकाे कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

भागवती न्यौपानेको कार्यकाल पनि फागुन २० मा सकिन लागेको थियो। उनी एक महिनाअघि नै राजीनामा दिएकी छन् र प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न लागेकी छन्। न्यौपाने २०७४ मा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् र २०७६ मा राष्ट्रिय सभा सदस्य बनेर झण्डै ६ वर्ष कार्यसम्पादन गरेकी छन्।

तीनै जना राष्ट्रिय सभा सदस्यले आफ्नो पद छाडेर प्रतिनिधि सभामा चुनावी प्रतिस्पर्धा गर्ने तयारी थालेपछि आगामी निर्वाचनमा राजनीतिक हलचल बढ्ने देखिएको छ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com