काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरू सहितको बैठक बोलाएकी छन्।
बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजना हुनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मंगलबारबाट सुरु हुने कार्यक्रम रहेको छ। तर राजनीतिक दलहरूले आन्तरिक रूपमा उम्मेदवार चयन गर्न चुनौती भोगिरहेका कारण केही दिन दर्ताको मिति सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया