काठमाडौं। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन मिति सार्ने, मनोनयनको मिति सर्ने जस्ता विषयबारे आयोगले कुनै निर्णय वा छलफल नगरेको प्रस्ट पारेका छन् ।

कांग्रेस विवादका कारण माघ ६ गतेको मनोनयन समय सर्ने आशङ्कासहितका समाचारहरू आउन थालेपछि आयोगले यस्तो जानकारी दिएको हो ।

advertisement

‘निर्वाचनको मिति सर्ने, मनोनयनको मिति सर्ने जस्ता विषयमा आयोगमा कुनै निर्णय वा औपचारिक छलफल भएको छैन’, प्रवक्ता भट्टराईले आइतबार दिउँसो सूचना पठाउँदै भनेका छन्, ‘अनुमानका भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सबैमा अनुरोध छ ।’

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com