काठमाडौं । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट धनकुटा भेडेटार हुँदै आएका एक बस ब्रेक फेल भएर दुर्घटनामा परेको छ। धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिएका हुन्।
उनका अनुसार, ‘बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो। यसमा १ बच्चासहित ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।’
एसपी कटुवालले मृतक र घाइतेहरू बसका यात्रु हुन् कि दुर्घटनास्थलमा परेका अन्य व्यक्ति हुन् भन्ने विषयमा अझै पुष्टि नभएको बताए।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया