काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सोनाम ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।
तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको पावन अवसरमा उनले तामाङ समुदायलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन् । यस्ता सांस्कृतिक पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
सोनाम ल्होसार तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षका रूपमा मनाउने पर्व हो । यस अवसरमा कुल पूजा, प्रकृति पूजा तथा बुद्धका उपदेशहरूको स्मरण गरिनुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै खुसी साटासाट गर्ने परम्परा रहेको छ । देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ समुदायसँगै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिहरूले पनि आ–आफ्नो शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया