काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचैवटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका तर्फबाट बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रने भएका छन् । यसका लागि उनले काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिइसकेका छन् ।
त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाकी उम्मेदवार पूर्व उपसभामुख इन्दिरा राना मगरले नेकपा एमालेका पूर्व सभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धा गर्नेछिन् ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया