विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपाने मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्।

यसअघि झापा–५ बाट उम्मेदवारीको तयारीसहित केही समयदेखि उतै बस्दै आएका न्यौपाने झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह उम्मेदवार बन्ने भएपछि मोरङ सरेका हुन्। हाल उनका परिवार भने काठमाडौंमा रहेका छन्।

advertisement

मोरङ–१ मा नेकपा एमालेले प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेदवारका रूपमा अघि सारेको छ भने श्रम संस्कृति पार्टीबाट शान्ती पाख्रिन उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसबाट भने उम्मेदवारको टुंगो लाग्न बाँकी छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com