काठमाडौं । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले थलिएका उप्रेतीलाई उनकी श्रीमतीको कोरोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए ।

advertisement

 

लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएका उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ले परिचित थिए । तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री भएका उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए ।

एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयापन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठुलो योगदान रहेको छ । उनको आजै दोलालघाटमा दाहसंस्कार गरिने वडाध्यक्ष लामाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com