काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तर्फबाट उम्मेदवार बनेकी आशिका तामाङले चुनावी प्रचारप्रसार तीव्र पारेकी छन्।

धादिङको मलेखुमा जन्मेकी, हुर्केकी तथा आफूलाई ‘भोटे काइलाकी छोरी’का रूपमा चिनाउने तामाङले बाल्यकालका दुःख, अभाव र संघर्षले आफूलाई राजनीतिमा होमिन प्रेरित गरेको बताएकी छन्।

advertisement

सोमबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो परिचय दिँदै उनले आफू धादिङ क्षेत्र नम्बर १ घर भई काठमाडौँमा बसोबास गरिरहेका मतदातासँग भेट्ने इच्छा व्यक्त गरेकी छन्। “म तपाईंहरुकै धादिङे चेली, मलेखुमा जन्मेकी, हुर्केकी, यही माटोमा सपना देखेर अगाडि बढेकी भोटे काइलाकी छोरी, आशिका तामाङ,” उनले लेखेकी छन्।

उनले बाल्यकालका संघर्ष यही माटोले सिकाएको उल्लेख गर्दै अब त्यही माटोको ऋण तिर्न, जनताको आवाज बोक्न र परिवर्तनको आशा लिएर घरदैलोमा आउने बताएकी छन्। “यो चुनाव मेरो मात्र होइन, धादिङका सम्पूर्ण जनताको सम्मान, अधिकार र भविष्यको लडाइँ हो,” उनले उल्लेख गरेकी छन्।

धादिङ क्षेत्र नम्बर १ का मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र खुला छलफलका लागि तामाङले आज बेलुका साढे ४ बजे काठमाडौँको कलंकीस्थित कोजी फुडल्यान्डमा उपस्थित हुने जानकारी दिएकी छन्। उनले धादिङको भविष्य आफ्नै हातले बनाउन सबैलाई एकजुट हुन आह्वान गरेकी छन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com