काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छापिएका हुन्। निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गर्नुपर्नेमा हालसम्म करिब ५० प्रतिशत काम पूरा भइसकेको छ।

advertisement

यस्तै, केन्द्रले हालसम्म निर्वाचन आयोगलाई १० लाख ९८ हजार २०० थान मतपत्र हस्तान्तरण गरिसकेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङ सम्पन्न गरिएको छ। हालसम्म कूल सात हजार ८४१ बाकस प्याकिङ भइसकेका छन् भने १२ हजार ९८९ बाकस प्याकिङ गर्न बाँकी रहेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी–विरोध प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरणपछि मात्र छपाइ सुरु गरिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com