काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर–२ मा इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले उम्मेदवार तय गरेसँगै सिन्धुपाल्चोकमा प्रमुख राजनीतिक दलहरूले आआफ्ना उम्मेदवार टुंगो लगाएका छन्। यसपटक नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री मोहनबहादुर बस्नेतले टिकट पाएनन्। अन्तिम समयसम्म टिकटका लागि पहल गरे पनि, टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाले बस्नेतलाई टिकट नदिइएको स्रोतको दाबी छ।

advertisement

कांग्रेस क्षेत्रीय समितिले बस्नेतको नाम एकल सिफारिस गरे पनि जिल्ला समितिले बस्नेतसँगै जिल्ला सभापति जंगबहादुर लामामहेंद्र लामाको नाम केन्द्रमा सिफारिस गरेको थियो। विशेष महाधिवेशनको चर्को विरोधमा उत्रिएका बस्नेत अन्ततः यसपटक उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। २०४८ सालपछि उनी योसहित दुई पटक उम्मेदवार हुन पाएनन्।

उता, नेकपा एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा होमनारायण श्रेष्ठ र क्षेत्र नम्बर–२ मा शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

**नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)**ले क्षेत्र नम्बर–१ मा माधव सापकोटा र क्षेत्र नम्बर–२ मा युवराज दुलाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले क्षेत्र नम्बर–१ मा भरत पराजुली र क्षेत्र नम्बर–२ मा अजय श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**ले क्षेत्र नम्बर–१ बाट राममणि न्यौपानेगोपिकृष्ण चौलागाईंलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com