काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन् ।

advertisement

झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेदवारी दर्ता गर्दैछन् । झापा–५ मा बालेन र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने भएपनि त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com