काठमाडाैं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ।

संसदीय बोर्ड बैठकले काठमाडौं ५ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

advertisement

उनी आज अपराह्न ३ बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय पुग्ने नेताहरूले जनाएका छन्।

२०७९ को चुनावमा पौडेल यही क्षेत्रबाट निर्वाचित भएका थिए।

पौडेलले आफू यसपालि क्षेत्र नम्बर ५ मै उम्मेदवार रहने जानकारी दिए।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com