काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट सचिन तिमल्सेनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय बोर्डको बैठकले तिमल्सेनालाई औपचारिक रूपमा उम्मेदवार चयन गरेको हो। पार्टीको निर्णयपछि तिमल्सेनाले आफूलाई काठमाडौं–४ बाट टिकट दिइएको जानकारी दिएका छन्।
तिमल्सेना हाल युथ कांग्रेसका अध्यक्ष हुन् भने उनी क्रिकेट कमेन्टेटरका रूपमा पनि परिचित छन्।
उल्लेखनीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट कांग्रेस सभापति गगन थापा निर्वाचित भएका थिए। यसपटक भने सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया