काठमाडौं । नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले सरकारका निकायहरूले अन्यायको आवाज नसुनेपछि अब सदनमै पुगेर आफ्ना विषय उठाउने उद्देश्यले उम्मेदवारी दिएको बताइन्।

advertisement

उनले भनिन्, ‘अन्यायको आवाज उठाउनुपर्ने अवस्था छ। हिजो म सडकबाट बोल्दै आएको थिएँ, तर सरकारका निकायहरूले नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ।’

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि नै एमालेका महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजिव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ले उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com